विरोध प्रदर्शन



म्याड्रिड, (एजेन्सी)
स्पेनको सर्वोच्च अदालतले पृथकतावादीविरुद्ध कानुनी कारबाही अघि बढाइने घोषणा गरेपछि शुक्रबार राति स्पेनको क्याटालोनिया क्षेत्रमा प्रहरी र प्रदर्शनकारीको भिडबीच चर्को भिडन्त शुरू भएको छ। सर्वोच्च अदालतले २५ जना क्याटलान नेताविरुद्ध क्रान्ति र आर्थिक अनियमितता गरेको र राज्यको आदेश अवज्ञा गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएको हो। यदि अभियोग प्रमाणित भएको खण्डमा तिनीहरूलाई जनही ३० वर्ष कैद हुन सक्छ। प्रदर्शनकारीलाई बार्सिलोनास्थित सरकारी संघीय भवनतर्फ जानबाट रोक्न प्रहरीले बल प्रयोग गर्दा २० जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्