साहसी प्रहरीको मृत्यु



पेरिस, (एजेन्सी)
फ्रान्सको एक सुपरमार्केटमा बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेर सुरक्षा कर्तव्य निभाएका एक प्रहरीको मृत्यु भएको छ। ४५ वर्षीय लेफ्टिनेन्ट कर्णेल आर्नो बाल्ट्रामले सुपर मार्केटमा बन्धक बनाइएका सर्वसाधरणलाई छुटाउन आफूलाई आक्रमणकारीको जिम्मामा सुम्पेका थिए। आक्रमणकारीले एक ग्राहक र स्टोरका कर्मचारीको हत्या गरेका थिए। अरूलाई सुरक्षितरूपमा बाहिर निकालेपछि आक्रमणकारीले एक महिलालाई मानव ढालका रूपमा प्रयोग गरेका थिए। बाल्ट्रामले महिलालाई छुटाउन आफू आक्रमणकारीलाई जिम्मा लगाएका थिए। प्रहरी सुरक्षा कारबाहीका क्रममा ती आक्रमणकारी पनि मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्