कसरी बन्यो पृथ्वी बस्नयोग्य ? यस्तो थियो दुई अर्ब वर्षअघिको महाविष्फोटन



पृथ्वी जीव बस्नप्रतिकूलबाट अनुकूलतातर्फ कहिले आयो होला ? यसबारे धेरै जिज्ञासु हुनसक्छन् । पृथ्वीको यो परिवर्तन प्रक्रियाबारे अध्येताहरुले आफ्नो अध्ययन जारी राखेका छन् । पृथ्वीको परिवर्तन प्रक्रियाबारे पहिले सोचेभन्दा फरक र नाटकीय किसिमको रहेको तथ्य बाहिर आएको छ ।

दुई अर्ब तीन करोड वर्षअघि पृथ्वीमा रहेको अक्सिजनको महाविस्फोटन भएको र सोही विष्फोटनले पृथ्वीलाई जीवहरुको घरमा परिवर्तन गरेको नयाँ तथ्य खुलेको हो ।
करिब दुई अर्ब वर्षपहिलेको एउटा समुद्री नुनले पृथ्वीको अक्सिजन सन्तुलनमा ल्याएको खुलेको हो ।

जसलाई विशाल अक्सिडेसन इभेन्ट भनिएको छ । अध्येताहरुका अनुसार लाखौं वर्षको प्रक्रियाअनुसार अक्सिजन बनेको भन्दा पनि यो एक्कासि भएको हुनसक्छ । जसले समुद्र र जमिनमा अर्थपूर्ण परिवर्तन ल्याइदियो ।

प्रिन्स्टनस्थित जिओसाइन्सेज विभागका एक जना पोष्टडक्टोरल क्लारा ब्ल्याटरका अनुसार थोपा थोपा खस्ने प्रक्रियाको सट्टा यो एक्कासि विस्फोट भएको हुनसक्छ । ‘यो नै अक्सिजन उत्पादनमा मुख्य परिवर्तन थियो’, उनले भनिन् ।

यो नयाँ तथ्य उत्तरपश्चिम रसियाको कारेलियास्थित १।२ माइल गहिराइबाट संकलन गरिएको चम्किलो साल्ट रक्स ९नुन चट्टान०को विश्लेषणपछि बाहिर आएको हो । हावामा २० प्रतिशत अक्सिजन हुन्छ । तर अर्ब वर्षअघि यस्तो थिएन ।

साल्ट क्रिष्टलमा ठूलो परिमाणमा अक्सिजन अनि सल्फरको प्रतिक्रियाबाट बनेको सल्फेट पाइएको थियो ।-Photo dailymail

करिब दुई अर्ब वर्ष पहिलेदेखि अक्सिजन देखिन सुरु गरेको मानिएको छ । तर यो क्रमिक थियो कि अचानक थियो भन्नेचाहिँ रहस्यकै गर्भमा रहेको छ । प्राचीन पानीको बरफ हुने प्रक्रियाबाट बनेको साल्ट क्रिष्टलमा अध्येताहरुले ठूलो परिमाणमा सल्फेट रहेको र त्योचाहिँ सल्फर र अक्सिजनको प्रतिक्रियाबाट बनेको पाइएको थियो ।

करिब दुई अर्ब वर्ष पहिलेदेखि अक्सिजन देखिन सुरु गरेको मानिएको छ । तर यो क्रमिक थियो कि अचानक थियो भन्नेचाहिँ रहस्यकै गर्भमा रहेको छ । प्राचीन पानीको बरफ हुने प्रक्रियाबाट बनेको साल्ट क्रिष्टलमा अध्येताहरुले ठूलो परिमाणमा सल्फेट रहेको र त्योचाहिँ सल्फर र अक्सिजनको प्रतिक्रियाबाट बनेको पाइएको थियो ।

अध्येता टोलीका अनुसार उक्त तथ्यले पृथ्वीको विशाल अक्सिडेसन इभेन्ट द्रुतगतिमा र आश्चर्यजनक रुपमा भएको थियो । उक्त साल्ट रक्सलाई अध्येताहरुले बलियो प्रमाण मानेका हुन् ।

यो चट्टानसँगै दुई अर्ब वर्षअघिको पृथ्वीको वायुमण्डल—समुद्री व्यवस्थामा अक्सिजनको म्याग्निच्युडबारे यसअघिको तथ्यबारे पुनर्विचार गरिनुपर्ने उनीहरुको कथन छ ।
उनीहरुका अनुसार अहिले पाइएको क्रिष्टल अर्बौँ वर्षअघिको भएको र यसअघि पाइएभन्दा निकै पुरानो समेत हो । यसमा पोटासियम, म्याग्नेसियम, क्याल्सियम र चट्टानी तत्वहरुको मिश्रण रहेको छ ।

अहिलेसम्म त्यसबेलाको प्रमाण फेला नपर्दा तत्कालीन अवस्थामा पृथ्वीको हावापानीसम्बन्धी विश्लेषण गर्न नै गाह्रो हुँदै आएको थियो । उक्त चट्टान लेक ओनेगाको भित्री भागमा ओनेगा पारामेट्रिक होल ९ओपीएच० ड्रिलिंग गर्दा पाइएको हो । सजिलै पग्लिने यस्ता मिनरल्सहरु समयसँगै हराउँदै जाने भए पनि पृथ्वीकै गर्भमा पुरिएर यस्ता विशेष किसिमका नमूनाहरु सुरक्षित रहिरहन्छन् ।

प्रिन्स्टनकै सहायक प्राध्यापक जोन हिगिन्सका अनुसार यो एकदमै विशेष श्रेणीको रहेको छ । त्यसो त ग्रेट अक्सिडेसन इभेन्टबारे थुप्रै तर्कवितर्क रहे पनि उक्त घटनाले अक्सिजन उत्पादन प्रक्रियामा ठूलो परिवर्तन ल्याएकोमा विश्वास गर्न सकिने उनको भनाइ छ ।

यो अध्ययनले पृथ्वीको अक्सिजेनेसनबारे प्रमाण दिने अध्येताहरुले बताएका छन् । यो नयाँ तथ्यले ग्रेट अक्सिडेसनबारे नयाँ अध्ययनलाई मद्दत गर्ने बताइएको छ ।

डेली मेलबाट भावानुवाद

प्रतिक्रिया दिनुहोस्