ईमाडोलको खन्ना गार्मेन्टमा आगलागि, ठूलो क्षति भएको प्रारम्भिक जानकारी



काठमाडौं । इमाडोलमा रहेको खन्ना गार्मेन्टमा आगलागि भएको छ । ग्याँस पड्किएर आगलागी भएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

आगलागीबाट खन्ना गार्मेन्ट जलेर नष्ट भएको छ । त्यस घरमा बस्ने काठमिलमा काम गर्ने परिवारको समेत सबै सामाग्री जलेर नष्ट भएका छन् ।
क्षतिको जानकारी आउन बाँकी छ । आगो नियन्त्रणमा आइसकेको प्रहरी निरिक्षक राजबाबु महर्जनले बताउनुभयो ।आगलागी निभाउन नेपाल प्रहरी र स्थानीय जुटेका थिए। नजिक बाक्लो बस्ती रहेको थियो । आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल जुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्