जालझेल तुरूप खेल



रक्षक नै भक्षक भएपछि कसको के लाग्दोरहेछ र ! बेलाबेलामा यस्ता विषय बस्तुले चर्चा पाउने गरेको धरहराले देख्दै र भोग्दै आएको विषय हो। यो पछिल्लोपटक एक प्रहरीका अधिकारीले देखाएको चर्तिकलाले पनि यो पुष्टी गरेको छ। महानगरीय अपराध महाशाखामा कार्यरत एक एसपी सापले चोरीको गाडी निर्वाध रूपमा प्रयोग गरेर आफ्नो असली रूप देखाएका छन्। ती प्रहरी अधिकारी हुन नरेन्द्र उप्रेती।

उनले चोरीका गाडी निर्वाध रूपमा प्रयोग गरेर प्रहरीको सक्कली रूप देखाएपछि धरहरालाई लाग्न थाल्यो प्रहरी भनेका प्रहरी नै हुन्। यिनमा मानवीय भावना भनेको पनि त्यस्तै हो भन्ने निष्कर्षमा धरहरा पुगेको छ। अपराध नियन्त्रण गर्ने विभागमा कार्यरत प्रहरीको हालत त त्यस्तो छ भने अन्य निकायको हालत के होला? यो प्रश्न धरहरा आफूले आफैंलाई प्रश्न गर्न मन लागेको छ। यस्ता प्रहरी संगठनमा भएसम्म प्रहरीले कसरी शिर उठाउने खै।

धरहरा तीनछक परेको छ। उप्रेतीजस्ता प्रहरीलाई कारबाही गर्ने हिम्मत न प्रहरीका उच्च नेतृत्वमा पुगेका अधिकारीहरूसंग छ। उनीहरू पनि जालझेल तुरूप खेलमा सहभागी भएपछि कहाँबाट हो प्रहरीमा शुद्धता होइन त पाठकबृन्द!

प्रतिक्रिया दिनुहोस्