सातामा ५८ अंकले घट्यो नेप्से



नेपाल समाचारपत्र
काठमाडौं
यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८ दशमलव ५२ अंकले घटेर अन्तिम दिन १ हजार २ सय २० दशमलव ४४ अंकमा पुगेको छ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७३ कम्पनीको शेयर कारोबार भएको छ। जस अनुसार २३ हजार ८ सय ६९ कारोबारबाट १ अर्ब ७२ करोड ५ लाख २८ हजार रुपियाँ बराबरका ४६ लाख २ हजार ६ सय ३० कित्ता सेयरहरू खरिद बिक्री भएका छन्। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२ दशमलव शून्य ६ अंकले घटेर २ सय ६० दशमलव ४१ अंकमा आइपुगेको छ।

कारोबार रकम गत साताको भन्दा ३२ दशमलव ९९ प्रतिशतले बढी हो। गत साता १ सय ७४ कम्पनीहरूको कारोबार भएको थियो। जसअनुसार १७ हजार २ सय ८७ कारोबारबाट १ अर्ब २९ करोड ३६ लाख ९८ हजार रुपियाँ बराबरका ३३ लाख ३९ हजार १ सय ६० कित्ता शेयर खरिद बिक्री भएका थिए।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ। नेपाल लाइफ इन्स्योरेन्सको (१६ करोड ५८ लाख २० हजार रुपियाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी कारोबार भएको शेयर संख्याको आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। एनसीसी बैंकको २ लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ।
साताभर वाणिज्य बैंंक समूहको उपसूचक ४४ दशमलव ७१ अंकले, विकास बैंक समूहको उपसूचक ४८ दशमलव ६७ अंकले, वित्त समूहको उपसूचक १८ दशमलव २१ अंक र लघुवित्त समूहको उपसूचक ९८ दशमलव ४८ अंकले घटेको छ। त्यसैगरी होटल समूहको उपसुचक ९७ दशमलव २५ अंक, जलविद्युत् समूहको उपसूचक ९० दशमलव ५७ अंक, बीमा समूहको उपसूचक ५ सय ९ दशमलव ८९ अंक, उत्पादनमुलक समूहको उपसूचक १६ दशमलव ३५ अंक, व्यापार समूहको उपसुचक १ दशमलव ३८ अंक र अन्य समूह १८ दशमलव ६९ अंकले घटेको छ।

स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो भने यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १२ दशमलव शून्य ६ अंकले घटेर २ सय ६० दशमलव ४१ अंकमा आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस्