कलेजबाट निकालिएका अर्बपति



काठमाडौं, (नेस)
वर्डप्रेस इन्टरनेट जगतमा सबैभन्दा ठूलो वेबपेज निर्माता कम्पनी हो। अहिले विश्वभरका करिब ३० प्रतिशत वेबसाइट वर्डप्रेसमार्फत् बनाइन्छन्। तर, यसका संस्थापक विश्वविद्यालयबाट ड्रपआउट विद्यार्थी थिएभन्दा धेरैलाई अचम्म लाग्नसक्छ।

संयुक्त राज्य अमेरिकाको सन फ्रान्सिस्को राज्यमा सन् १९८४ जनवरी ११ मा जन्मिएका मेट एक सफ अनलाइन मिडिया उद्यमी र वेब डेभलपरका रूपमा चिनिन्छन्। म्याथ्यु चाल्र्स मुलेनवेग अर्थात् मेट मुलेनवेगले सन् २००४ मा युनिभर्सिटी अफ हट्सनमा आफ्नो पढाई अधुरै छोडेका थिए। तर, पढाई उनको स्वविवेक वा कुनै बाध्यताका कारणले भने छाडेका होइनन्। विश्वविद्यालयले नै उनलाई निकाला गरेको थियो। शिक्षा प्राप्त गर्न नसके पनि उनलाई सफलता हात पार्न भने कसैले पनि रोक्न सकेन।

उनी एकदिनमा ६ पटकसम्म सुत्छन्। हरेक पटकको सुताइमा उनले करिब १ घण्टा बिताउँछन् भने यसले उनको काममा कुनै पनि असर गर्दैन।

तिनै ड्रपआउट विद्यार्थीले निर्माण गरेको वेब सफ्टवेयर वर्डप्रेस अहिले विश्वभर चर्चित छ। निःशुल्क र खुला स्रोतका रूपमा विकास गरिएको यस सफ्टवेयरका सहायताले विश्वभरका सबै मुलुकमा ६ करोड सफ्टवेयर र सोही हाराहारीमा ब्लग निर्माण भएका छन्। युनिभर्सिटी अफ हट्सनबाट निस्कासित भए पनि सन् २००३ मा मुलेनवेग र उनका साथी माइक लिटिलले ‘बी टु कोड बेस’को आधारमा वर्डप्रेस शुरू गरेका थिए। ‘फोटोमेट डट नेट’ का रूपमा उनले आफ्ना विचार व्यक्त गर्नका लागि बनाएको सफ्टवेयरलाई परिस्कृत गरेर नै वर्डप्रेस बनाएको हो। ग्लोबल मल्टिमिडिया प्रोटोकल्स गु्रपको सहसंस्थापकको रूपमा एरिक मेयरसँग सहकार्य गरेपछि वर्डप्रेस ब्लगिङ सेवा पनि शुरू भयो। त्यसबेला मुलेनबेगको उमेर १९ वर्ष मात्र थियो।

प्रोग्रामिङ ल्याङ्वेजमा मुलेनबेज सानै उमेरदेखि जिज्ञासु थिए। उनले आफू विश्वविद्यालयबाट निष्काशनमा परेपछि आफ्नो लक्ष्यतिरको बाटो हिड्न सहज भएको समेत धारणा राख्ने गरेका छन्। तर, उनलाई आफ्नै कम्पनी शुरू गरेर काम गर्न सक्ने आँट भने थिएन। त्यसैले मुलेनवेग कम्प्युटर प्रोग्रामिङ क्षेत्रमा जागिरको खोजीमा थिए। जागिर खोज्नेक्रम चलिनै रहँदा उनले वर्डप्रेस जस्तो सफ्टवेयर बनाउन सफल भए पनि त्यसको व्यावसायिकताका विषयमा उनी त्यति जानकार थिएनन्। कतै जागीर नपाएपछि उनले आफ्नै सफ्टवेयरलाई नै नयाँ ढंगले अगाडि बढाउने निधो गरे। विश्व बजारमा मौलाउँदो इन्टरनेट सेवालाई ध्यानमा राख्दै बनाइएको सफ्टवेयरको सबल प्रस्तुतीकरण नै उनको मुख्य ध्येय हुन थालिसकेको थियो।

वर्डप्रेस एक प्रसिद्ध ब्लग सफ्टवेटर पनि हो। यो पीएचपी कोडिङ सिस्टममा आधारित भएर तयार पारिएको छ। यस सफ्टवेयरले आफ्ना सदस्यहरूको विचार र अभिव्यक्ति राख्नका लागि स्वतन्त्र र निःशुल्क मञ्च प्रदान गर्दै आएको छ। वर्डप्रेस एक ओपन सोर्स सफ्टवेयर हो। जसको सहयोगबाट वेबसाइट, ब्लग र एप बनाउनका लागि प्रयोग हुँदै आएको छ। सुन्दर डिजाइन, अनगिन्ती विशेषता, निःशुल्क र स्वतन्त्रता वर्डपे्रसलाई विश्वभरी नै रुचाइनुका कारण मानिएको छ।

कम्पनी शुरू भएको तीन वर्षभित्रै अर्थात् सन् २००७ मा वर्डप्रेस डटकम एलेक्सा र्याङकिङमा मासिक ९ करोड प्रयोगकर्ता बनाउँदै ३१औं स्थानमा पर्न सफल भएको थियो। मुलेनवेगले प्रविधिका क्षेत्रमा योगदान पुर्याउने विशिष्ठ व्यक्तिलाई दिईने टेक फ्लो अवार्ड, बिजनेस इन्साइडर अवार्डजस्ता सम्मानसमेत पाएका छन्।

मुलेनवेगको एउटा बानी विश्वभर नै चर्चित छ। उनी एकदिनमा ६ पटकसम्म सुत्छन्। हरेक पटकको सुताईमा उनले करिब १ घण्टा बिताउँछन् भने यसले उनको काममा कुनै पनि असर गर्दैन। चर्चित अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार ३४ वर्षीय मुलेनवेगको कुल सम्पत्ति ४० मिलियन अमेरिकी डलर छ।

उनलाई फोब्र्सले कम उमेर समूहका उद्यमशील व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा राखेको छ। सन् २००७ मा मुलेनवेग इन्टरनेटको क्षेत्रमा विश्वका महत्वपूर्ण व्यक्तिहरूको सूचीमा १६ नम्बरमा रहेका थिए।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्