संसद्को बार्दलीबाट मान्छे हामफाले



आम्सटर्डम्स, (एजेन्सी)
नेदरल्यान्डको संसदभित्र दर्शकदीर्घा रहेको बार्दलीबाट १ जना मानिस हामफालेकाले बिहीबार संसद बैठक अवरुद्ध भएको प्रहरीले जनाएको छ। हाम फाल्ने ती व्यक्ति सकुशल रहेका छन्।

स्थानीय सञ्चार माध्यमले नाम नखुलाइएका ती ६५ वर्षीय व्यक्ति विगतमा गाँजा प्रयोगलाई कानुनी बनाउन अभियान चलाउने कार्यकर्ता भएको जनाएको छ। प्रत्यक्षदर्शीहरूले केही चिज रेलिङमा बाँध्नुअघि उनी हडबडाएको देखिएको र त्यसपछि उनी मर्ने नै उद्देश्यले थुप्रै मिटर माथिबाट हामफालेको बताएका छन्।

संसदबाट प्राप्त भिडियो रिकर्डमा सो घटना घट्दा विधायकहरू स्तब्ध भएको देखिन्छन्। ती वृद्धको अहिले अस्पतालमा उपचार भइरहेको छ। द्वन्द्व अखबार दि टेलेग्राफले उनले हेगस्थित संसद् भवनबाहिर गाँजा र चरेसको वैधानिकताका लागि विगतमा हप्तौंसम्म प्रदर्शनमा भाग लिएको लेखेको छ।

नेदरल्यान्डमा प्राविधिक रूपमा गाँजालाई अवैध मानिन्छ। तर थोरै परिमाणमा यसको बिक्रीवितरण गर्नेलाई प्रहरीले कारबाही भने गर्ने गरेको छैन।

प्रतिक्रिया दिनुहोस्