बन्धक काण्ड



पेरिस, (एजेन्सी)
दक्षिणी फ्रान्सको ट्रेवेसस्थित एउटा सुपर मार्केटमा कम्तिमा १ जना मानिसलाई बन्धक बनाउने क्रममा १ जना अज्ञात बन्दुकधारीले १ व्यक्तिको हत्या गरेको शुक्रबार प्रहरीले जनाएको छ। प्रहरीले अर्को १ जना घाइते अवस्थामा रहेको सुपर यु सपमा विशेष प्रहरी फौज परिचालन गरिएको जानकारी पत्रकारहरूलाई दिएको छ। अझै सुपरमार्केटमा रहेका ती बन्दुकधारीले आफू इस्लामिक स्टेट (आईएस) समूहसंग आवद्ध रहेको दाबी गरेका छन्। त्यसअघि क्याराकास्सोन्नेस्थित सो सुपरमार्केटदेखि करिब १५ मिनेटको ड्राइभिङ दूरीमा रहेको स्थानमा जगिङ गरिरहेका १ जना प्रहरीलाई गोली हानी घाइते बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्