यौन व्यापार



म्याड्रिड, (एजेन्सी)
स्पेनी प्रहरीले शुक्रबार देहव्यापारमा संलग्न गराउने उद्देश्यले नाइजेरियाबाट अवैध ढंगले स्पेन ल्याइएका ३८ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ। तिनीहरूलाई नाइजेरियाको एक कुख्यात मानव तस्करी समूहले स्पेन पुर्याएको हो। युरोपोलले ती पीडितहरूलाई गुफाहरूमा भुतप्रेत र जादुटुनाको त्रास देखाएर थुनेर राखेको अवस्थामा फेला पारिएको जनाएको छ। सो समूहका सदस्यहरूले तिनीहरूलाई जनही ३७ हजार अमेरिकी डलर दिने शर्तमा यौन कार्यमा संलग्न हुन फकाउने गरेको पनि बुझिएको छ। यस सम्बन्धमा ८९ जना पक्राउमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्