क्षेप्यास्त्र प्रणाली



इस्लामाबाद, (एजेन्सी)
चीनले पाकिस्तानलाई तिव्र गतिको क्षेप्यास्त्र पत्ता लगाउने क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बिक्री गरेको छ। चीनको उक्त प्रविधिबाट पाकिस्तानलाई क्षेप्यास्त्र कार्यक्रम विकसित र अत्याधुनिक गर्न मद्दत पुग्ने बताइएको छ। पाकिस्तानलाई त्यस्तो संवेदनशील यन्त्र दिने चीन पहिलो देश भएको चाइनिज एकेडमी अफ साइन्सेजले जनाएको छ। चीनको उक्त यन्त्रले सतिक र धेरै लामो दूरीसम्म क्षेप्यास्त्र ठम्याउन सक्ने एक चिनियाँ सोधकर्ता झेंग मेंगवेइले बताए। पाकिस्तानी सेनाले आफ्नो नयाँ क्षेप्यास्त्रको क्षमता जाँच्न र त्यसलाई विकसित गर्नका लागि उक्त यन्त्रको प्रयोग पनि गरिसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्