ट्रम्पमाथि मोडलको आरोप



वासिङ्टन, (एजेन्सी)
पोर्नस्टार स्टर्मी डेनियलपछि अब प्लेबोय् म्यागेजिनको मोडल भइसकेकी केरन म्याकडुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महिनौंसम्मको अफेयर रहेको दाबी गरेकी छिन्। म्याकडुगलले सीएनएनलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले उनीसँगको सेक्सका लागि पैसा दिने प्रयाससमेत गरेको बताएकी छिन्। केरेनले सन् २०१६ मा अमेरिकी सञ्चार कम्पनीसँग एक सहमति गरेकी थिइन्। जसमा उनले आफ्नो जीवनका बारेमा कुनै मुद्दा साझा गरिनेछैन। अब केरेनले यस सहमतिबाट स्वतन्त्रताको माग गरेकी छिन्। उनले ट्रम्पसँगको यौनसम्पर्कका क्रममा आफूलाई पैसा दिने प्रयास गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्