देउवामाथि आरोपै आरोप



sfFu|]; s]Gb|Lo sfo{ ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo sfof{no ;fg]kfdf z’qmaf/ z’? ePsf] s]Gb|Lo sfo{ ;ldltsf] a}7sdf ;efklt z]/axfb’/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n, dxfdGqL 8f zzf+s sf]O/fnfnufot kbflwsf/L tyf s]Gb|Lo ;b:ox? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

नेपाल समाचारपत्र
काठमाडौं
हालै सम्पन्न निर्वाचनको वितृत समीक्षा गर्न शुक्रबारदेखि शुरू भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको चर्को आलोचना भएको छ।

सभापति देउवाले पार्टीलाई मात्र होइन, सरकारको नेतृत्व गर्दासमेत स्वेच्छाचारी ढंगले अघि बढ्दा स्थानीय, प्रदेश र संघ तीन तहकै चुनावमा लज्जास्पद हार बेहोर्नुपरेको भन्दै केन्द्रीय सदस्यहरूले सभापति देउवालाई आरोप नै आरोपको भारी बोकाएका छन्।

कांग्रेस केन्द्रीय बैठक

निर्वाचन सम्पन्न भएको लामो समयपछि बसेको समीक्षा बैठकमा धारणा राख्दा नेताहरूले नेतृत्वमाथि दोष थुपार्दै कांगे्रसभित्रको कमीकमजोरी छताछुल्ल बनाएका छन्।

आन्तरिकरूपमा विभिन्न गुट उपगुटमा विभाजित केन्द्रीय सदस्यहरूले एकले अर्कालाई अन्तर्घात गरेका विषय पनि जोडतोडका साथ उठाएका छन्। बैठकमा कांग्रेसको रणनीतिका बारेमा समेत छलफल भइरहेको छ।

सभापति देउवाले विधानअनुसार पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिन नसकेको, भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई प्रभावकारी ढंगले परिचालन गर्न नसकेको, विधि र निर्वाचनमा प्रक्रिया विपरीत स्वेच्छाचारी ढंगले टिकट वितरण गरेकोजस्ता आरोप पनि सभापति देउवामाथि नै लागेको छ।

निर्वाचनको समीक्षा गर्दै बैठकमा बुँदागत रूपमा धारणा राखेका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सभापति देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी व्यक्तिगत उग्र–राजनीतिक महŒवकांक्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र र प्रवृत्ति देखाएको कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट बिचलित हुनुपरेको बताउनुभएको थियो।

बैठकमा सिंहले राखेको लिखित धारणामा भनिएको छ– ‘सभापतिजीले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली कांग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो।

पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढंगबाट एक्लैले यति ठूलो आत्मघाती निर्णय गरेको घटनाले देशव्यापीरूपमा स्वाभिमानी कांग्रेसीजनको शिर निहुर्याएको बताउँदै नेता सिंहले भन्नुभयो– ‘पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापीरूपमा पार्टीलाई ठूलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ।’
सभापति देउवाको कार्यशैलीप्रति रुष्ट बनेका अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि बैठकमा पार्टी नेतृत्वको आलोचना गर्दै नीतिगत, रणनीतिगत तथा नेतृत्वको प्रवृत्तिलगायत सबै विषयमा आमूल परिवर्तन नभए आउने चुनौतीलाई कांग्रेसले सामना गर्न नसक्ने धारणा राख्नुभएको थियो।

उहाँले पार्टी नेतृत्व नफेरिए कांग्रेस पार्टी नै समाप्त हुने अवस्थामा पुग्न सक्ने भन्दै सभापति देउवाको आलोचना गर्नुभएको थियो। केन्द्रीय सदस्य सिटौलाले निर्वाचनमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने चुनावी मुद्दा बनाउन नसकेको तथा कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनले पार्टीलाई उल्टो घाटा लागेको धारणा पनि राख्नुभएको थियो। राजपा, फोरमलगायत दलसँग तालमेल गरे पनि कांग्रेस उनीहरूको लागि सहयोग भएको तर कांग्रेसको लागि उनीहरू सहयोगी हुन नसकेको उहाँको तर्क थियो।

सभापति निकट केही केन्द्रीय सदस्यले भने निर्वाचनमा पराजय भोग्नुको कारण सबै सभापतिमाथि थोपरेर कोही पनि उम्कन नपाउने धारणा राखेका थिए।

उनीहरूले हामीहरू नै भागबण्डा खोज्ने अनि भागबण्डा भयो भनेर आरोप लगाउन नहुने भन्दै सबै नेताहरू सच्चिनुपर्ने बताएका थिए। केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टी कमजोर भएको बेला सबै नेताहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो। शुक्रबारदेखि शुरू भएको बैठक केही दिनसम्म चल्ने बताइएको छ। शुक्रबारको बैठकमा ३ जना केन्द्रीय सदस्यले मात्र धारणा राखेका थिए।

कांग्रेस केन्द्रीय समिति बैठकले विधान संशोधनलगायतका विषयमा निर्णय लिन महासमिति बैठक बस्ने मिति तय गर्ने पनि जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्