चोर पत्ता लगाउने, फोन गरेर खाना पकाउने लगायतका उपकरण आविस्कार



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमका एक व्यक्तिले इलेक्ट्रिक सामग्रीको सहयोगमा घरमा पसेको चोरदेखी फोन मार्फत खाना पकाउन सकिने उपकरणको आविस्कार गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्बर ११ का बसन्त ओलीले ४० भन्दा बढी उपकरणको आविस्कार गरेको दावी गरेका छन् ।

इलेक्ट्रोनिक सव ईन्जिनिएर तेस्रो वर्षमा अध्ययनरत २१ वर्षिय ओलीले शुक्रवार सदरमुकाम मुसिकोट स्थित पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् । करिब एक वर्ष अघिबाट विभिन्न आश्चर्यजनक प्रविधिको आविस्कार गरेका ओलीले सबैलाई चकित पार्ने उपकरणको आविस्ककार गरेका छन् । उनले फोन मार्फत जुनसुकै ठाउँमा रहेर पनि राईस कुकरमा खाना पकाउन सकिने उपकरणको आविस्कार गरेका छन् ।

फोन गरेर राईसकुकर, फ्रिज लगायतका केही उपकरणलाई अन अफ गर्न सकिने छ । यस्तै घरमा कोही नभएको बेला चोर पसेको पत्ता लगाउन सकिने, सेक्युरिटी सिस्टम, वाटर सेल्सर, पाँच मिटर टाढाबाट बत्ति अन अफ गर्न सकिने उपकरण पनि निर्माण गरेका छन् ।

ओलीले टिभीको रिमोटबाट बन्द ढोका खोल्न सकिने, घरमा बलेको बत्ति तथा फ्यान पनि बन्द गर्न सकिने उपकरणको आविस्कार गरेका छन् । उनले ताली बजाएर पनि बत्ति अन अफ गर्न सकिने तथा पानीको सतह समेत पत्ता लगाउने उपकरणको आविस्कार गरेको दावी गरेका छन् ।

ओलीले विभिन्न उपकरणको आविस्कार गरेसंगै हालसम्म वाटर सेन्सर धेरै ठाउँमा बिक्र्रि भएको र अब थप १० हजार निर्माण गर्ने तयारी गरिएको जानकारी दिएका छन् । झन्डै ७० हजार बढी रकम खर्च गरेर विभिन्न देशबाट इलेक्ट्रि सामग्री खरिद गरेका ओलीले आफुले आविस्कार गरेका ४० भन्दा बढी सबै उपकरणले सफलता पाएको समेत दावी गरेका छन् ।

तर, अहिले सम्म धेरै नयाँ उपकरणको आविस्कार गर्दा कसैले पनि सहयोग नगरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्