काठमाडौ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
मन्त्री पुनले राष्ट्रको समृद्धि र जनताको उन्नति नै सरकारको एक मात्रै लक्ष्य रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले जलविद्युत क्षेत्रको विकासका लागि युग सुहाउँदो नीति बनाउने घोषणा पनि गर्नु भयो ।
शुक्रबार काठमाडौंमा आयोेजित ‘आर्थिक समृद्धिका लागि जलविद्युत’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको अझ बढि सहयोगको उपेक्षा सरकारले गरिरहेको पनि स्मरण गराउनु भयो ।
मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रको बहुउपयोग गर्न विशेष कार्यक्रम नै ल्याउने घोषणा पनि गर्नु भयो । उहाँले सरकार परिणाम दिने गरी काममा केन्द्रित भएको दावी पनि गर्नु भयो ।