कांग्रेस केन्द्रीय समितिको बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

बैठकले तीन महिना अघि सम्पन्न निर्वाचनको समीक्षा गर्नेछ । बैठकमा निर्वाचनमा हार्नुका कारण केलाउँदै आगामी रणनीतिबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । निर्वाचनपछि चारपटक केन्द्रीय कार्यसमिति बैठक बसे पनि ती बैठकमा पार्टीको पराजयबारे गम्भीर बहस हुन सकेको थिएन ।

तत्कालिन कार्यसूची अनुसार बसेका ती बैठकका एजेण्डा सीमित गरिएका थिए भने बिहिबार बसेको बैठकमा सबै विषयमा विस्तृत छलफल हुने बताइएको छ । बैठकले संविधानमा भएको फेरबदल अनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउने बारेमा पनि छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्