नारकीय जीवन



पेरिस, (एजेन्सी)
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीले आफूलाई लिबियाका पूर्वनेता मोमर गद्दाफीबाट अवैध आर्थिक सहयोग लिइएको भनी लगाइएको आरोपका कारण आफ्नो जीवनै नारकीय हुन पुगेको बिहीबार बताएका छन्। ले फिगारो अखबारका अनुसार उनले मजिस्ट्रेटसामु आफूलाई बिना कुनै भौतिक प्रमाण अभियोग लगाइएको गुनासो गरेका छन्। सन् २००७ को राष्ट्रपतीय चुनावको दौरान लिबियाको सरकारी कोष प्रयोग गरेको तथा अन्य आर्थिक अनियमितता गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ। ६३ वर्षीय सार्कोजीले आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्