ब्रोइलरको मासु खाँदा सल्यानमा एक बालिकाको मृत्यु, चार सिकिस्त



सल्यान । प्रदेश ६ को सल्यानमा ब्रोइलर कुखुराको मासु खाँदा एक बालिकाको ज्यान गएको छ भने अन्य चार जना सिकिस्त बिरामी परेका छन । घरमै पकाएको मासु खाँदा छत्रेश्वरी–४, झिम्पे हारिचार निवासी हिरालाल बिककी १० वर्षीया छोरी छाँया बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही मासु खाँदा अन्य चार जना सिकिस्त बिरामी परेका छन । मासु खाँदा हिरालाकै ११ वर्षीया छोरी झरना बिक, ६ वर्षीया छोरी रेनुका बिक तथा हिरालालकै ४० वर्षीया बहिनी टीका बिक र धनबहादुर बिक रहेका छन् ।

माइत आएका बहिनी–ज्वाईले स्थानीय बजारबाट ल्याएको ब्रोइलरको मासु पकाएर खाँदा एक जनाको मृत्यु भएको र अन्याको ज्यान गएको मृतककी आमा लक्ष्मी बिकले जानकारी जनाएकी छिन ।

मासु खाएपछि लगातार पखाला र उल्टी भएको परिवारले जनाएको छ । तीन जनाको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । धनबहादुर विककोे उपचार भने नेपालगञ्जमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्