गौतमबुद्ध विमानस्थल निर्माणमा एडिबी ऋण र अनुदान सहयोग नरोक्ने



भैरहवा । एसियाली बिकास बैंक (एडिबी) ले गौतमबुद्ध विमानस्थल निर्माणमा ऋण र अनुदान सहयोग नरोक्ने भएको छ । निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाइरहेको एडीबीले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा ऋण तथा अनुदान लगानी गरेको एडिबीले सरकारसँग भएको ऋण तथा अनुदान सम्झौत यथाबत राख्ने संकेत गरेको हो ।

गत जनवरीदेखि ऋण र अनुदान सहयोग रोकेको एडिवीले बिमानस्थल निमार्णमा गरिरहेको ऋण तथा अनुदान सहयोग रोक्ने भन्ने पछिल्ला भनाईहरुको खण्डन गर्दै नेपाल सरकारसँगको सहकार्य र बिमानस्थल निमार्णमा भएको सम्झौताबारे पूर्वबत सम्झौता बिपरीत अरु निर्णय नभएको जनाएको छ ।

विमानस्थलको काम प्रगतिबारे प्रत्यक्ष बुझ्न बिहिबार भैरहवा आएका एडिबीका नेपाल निर्देशक मुख्तार खामुदखानोभले कामको प्रगतिबारे आयोजना, मन्त्रालयका प्रतिनिधि, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् । छलफलमा आउने पछिल्लो समय कामले गति लिएकोमा एडिबी सन्तुष्ट देखिएको छ भने आउँदो जुनसम्म ५० प्रतिशत काम सम्पन्न गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्