मिल्न नि तयार, लडाई गर्न पनि तयार– महतो



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनको विषयमा छिटो सहमति गर्न सरकारघटक दललाई आग्रह गर्नु भएको छ । साथै उहाले आफ्ना निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल सपथ ग्रहण गराउन पनि आग्रह गर्नु भएको छ ।

सत्ताघटक दलले राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहभागि गराउने प्रयास गरिरहेको सन्दर्भमा नेता महतोले आफ्नो पार्टी सरकारमा सहभागि भै मिलेर अघि बढ्न पनि तयार रहेको र लडाई झगडा गर्न पनि तयार रहेको भन्दै छिटो भन्दा छिटो निकास निकाल्नु पर्ने बताउनु भएको छ ।

विहिवार दिउसो पार्टी केन्द्रिय कार्यालय काठमाडौंमा नेपाल समाचारपत्रको प्रतिनिधिसंग कुरा गर्दै नेता महतोले भन्नुभयो– संविधान शंसोधनको विषय र रेशम चौधरीलाई सपथ ग्रहण गराउने कुरा पहिला टुङ्गाउनु पर्छ । मुलुकलाई निकास दिने कुरामा सरकारले अलमल गरिरहेको भन्दै उहाले संविधान शंसोधनमा सहमति नभए आन्दोलनमा उत्रने बताउनु भएको छ ।

उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा जाने नजाने बारेमा आफ्नो पार्टीमा कुनै छलफल नभएको भन्दै उहाले यादव नेतृत्वले सरकार संग संविधान संशोधन लगाएतको विषयमा गर्ने सहमति मान्न सकिने बताउनु भएको थियो । ‘उपेन्द्र यादवलाई सबै ईस्यू थाहा छ, हामिलाई पनि थाहा छ, त्यो इस्यू एडजस्ट गर्ने गरि सहमति भए हामिलाई पनि मान्य हुन्छ’ राजपा नेता महतोले भन्नुभयो– सरकारले निश्चित समय सिमाभित्र संविधान शंसोधन गर्ने उल्लेख गरि सहमति हुनुपर्छ ।

सहमतिको लागि कहिलेसम्म पर्खनुहुन्छ भन्ने बारे नेपाल समाचारपत्रको जिज्ञासामा महतो भन्नुहुन्छ– केहि दिन हेरौं । समय सिमा तोकेर अल्टिमेटम दिदा राजपा सरकारमा जान हतारो ग¥यो भन्ने नकारात्मक सन्देश जाने भन्दै उहाले केहि समय हेर्ने पनि बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्