रामपुरमा छुर्पी उत्पादन



पाल्पा । रामपुर नगरपालिकामा छुर्पी उत्पादन थालिएको छ । दुग्ध व्यवसायीले केही महिना अघिदेखि छुर्पी उत्पादन शुरु गरेका हुन् ।
किसान पशुपालनतर्फ उन्मुख हुँदै गएपछि दूधको उत्पादन बढ्दै गएको छ ।

अमृत दुग्ध भण्डार र रामपुर डेरी उद्योगले छुर्पीको उत्पादन शुरु गरेका हुन् ।

उत्पादित छुर्पी स्थानीय बजार तथा चितवनसम्म खपत हुने गरेको अमृत दुग्ध भण्डारका सञ्चालक गणेश आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार छुर्पी प्रतिकिलो ९ सय ५० रुपैयाँ मा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्