उद्योगको नाम मिलाउन घुस माग्ने इन्दिरा रंगेहात पक्राउ



काठमाडौँ । उद्योगको नाम मिलाउन घुस माग्ने शाखा अधिकृत इन्दिरा गौतम खनाल रंगेहात पक्राउ परेकी छिन । घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वरमा कार्यरत गौतमले उद्योगको नाम मिलाउन ९ हजार घुस लिएकी थिइन ।

काठमाडौँ हिड्न ट्रेजर नामको सिलाई बुनाइ गार्मेन्टको नाम नेपालीमा लेख्नका लागि घुस माग्दा उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनलीका अनुसार खनाललाई उनकै कार्यकक्षमा नियन्त्रणमा लिइएको हो । पक्राउ परेकासँग थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्