पूर्वी रुकुमका १२१ परीक्षार्थीले पश्चिम रुकुममा परीक्षा दिए



धनवीर दाहाल, रुकुम।
बिहिबारदेखी सुरु भएको एस. ई. ई परीक्षा रुकुममा भने छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पुर्वको आंशिक तर्फको रुकुम पश्चिममा संचालन भएको छ । आंशिक बिद्यार्थी थोरै भएकोले उनीहरुको सहजताका लागी दुवै जिल्लाको परिक्षा एउटै परिक्षा केन्द्र रुकुम पश्चिममा संचालन भएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले बताउनुभयो ।

दुवै रुकुम जिल्लाका १२१ आंशिक परिक्षार्थीलाई मात्र रुकुम पश्चिमको एउटै परिक्षा केन्द्रबाट परिक्षा दिने व्यवस्था मिलाइएको हो । नियमित तर्फका परिक्षार्थी भने आफ्नै जिल्लामा रहेका परिक्षा केन्द्रमा परिक्षा दिएका छन् । दुवै जिल्लाबाट नियमित र आंशिक तथा प्राबिधिक धार तर्फ गरी ५ हजार ३ सय ९२ परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

७४ बिद्यालय रहेको रुकुम पश्चिममा नियमित ४२३८, प्राबिधिक धार तर्फ ४८ र आंशिक तर्फ ८५ जना परिक्षार्थी सहभागि भएका छन् । यस्तै २४ बिद्यालय रहेको रुकुम पुर्वमा ९४३ नियमित, ४२ जना प्राबिधिक धार र ३६ जना आंशिक तर्फका परिक्षार्थी सहभागी छन् ।

२२ वटा परिक्षा केन्द्र रहेको रुकुम पश्चिममा सम्बन्धीत बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको छ । यसै गरी ५ वटा परिक्षा केन्द्र रहेको रुकुम पुर्वमा पनि सम्बन्धीत बिद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्