खुमबहादुर खड्का आइसियुमा



काठमाडौँ । दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई अहिले उपचारका लागि आइसियुमा राखिएको खड्काका सहयोगी चूडामणि कँडेलले बताए । ‘छाती र मिर्गौलामा देखिएको समस्या बढेपछि आइसियुको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ,’ दिल्लीमा रहेका कँडेलले भने ।

प्रतिक्रिया दिनुहोस्