मदन भण्डारी गोल्ड कप भोलीबाट सुरु



उद्घाटन खेल मदन भण्डारी स्पोटृर्स एकेडेमी काठमाडौ र सुदुरपश्चिमाञ्चल बीच हुने,

यमलाल भुसाल, बुटवल ।

मोफसल कै सर्वाधिक पुरस्कार राशीको तेस्रो मदन भण्डारी अन्त्तराष्ट्रिय गोल्डकप नक आउट फुटवल प्रतियोगिता शुक्रवार ( भोली ) देखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको उदघाटन राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रवार दिउसो दुई वजे गर्नु हुने भएको छ ।प्रतियोगिताको उदघाटन खेल मदन भण्डारी स्पोटृर्स एकेडेमी काठमाडौ र सुदुरपश्चिमाञ्चलका बीच हुने छ ।

यही चैत १९ गतेसम्म संचालन हुने प्रतियोगितामा हिमालयन फुटवल क्लव मलेसिया, विभागित ३ टिम सहित १० टिमको सहभागिता हुने भएको छ ।

मदन भण्डारी स्पोटृर्स एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार पुरस्कार पाउने छन ।

मदन भण्डारी स्पोटृर्स एकेडेमी प्रदेश नम्बर ५का अध्यक्ष नर बहादुर घर्तीले मोफसल कै सर्वाधिक पुरस्कार राशी र खेलाडीको ३ लाख रुपैयाँको विमा गरिएको प्रतियोतिा बुटवलमा संचालन गर्न पाउनु भनेको यस प्रदेशका जनताको भाग्य निर्माण गर्नु भएको धारणा राख्नु भयो ।

बुटववलको रामनगर स्थित मानव ज्ञानको खेल मैदानमा संचालन हुने प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लव, नेपाल आर्मी क्लव, एपिएफ क्लव, विदेशी हिमालयन फुटवल क्लव मलेसिया, मदन भण्डारी स्पोटृर्स एकेडेमी काठमाडौ, थ्री स्टार क्लव, सुदुरपश्चिमाञ्चल,झापा ११, सुनौलो संगम बुटवल र मनाङ मर्याङदी क्लवको सहभागिता रहने आयोजकले जनाएका छन ।

कुल १ करोड १४ लाख रुपैयाँ खर्च लाग्ने र सो रकम उद्योग कलकारखाना,व्यापारी,संघ संस्थावाट आर्थिक सहयोग र टिकट विक्रीवाट संकलन गरिने अध्यक्ष घर्तीले बताउनु भयो ।

प्रतियोगिता हेर्नका लागि महिला ,जेष्ठ नागरिक ,अपाङ र स्थानिय रामनगर वासीलाई निशुल्क प्रवेसको व्यवस्था मिलाईएको छ । प्रतियोगिताको दोस्रो पुरस्कार लाली र करेन्ट चाउचाउले प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्