कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुल्यो



नेपाल समाचारपत्र, काठमाडौँ ।
कोरियन भाषा परीक्षाको आवेदन फारम बिहिबारदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले चैत ८ गतेदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्न सकिनेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सकिने व्यवस्था पनि रहेको छ। परीक्षा आगामी वर्ष जेठ २६ र २७ गते हुनेछ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। आवेदन शूल्क भने २४ अमेरिकी डलर तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्