मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोटका किसान मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । पहिला पहिला परम्परागत रुपमा मौरीपालन गर्ने सो ठाउँका किसान मौरीपालन व्यवसायबाट आम्दानी गर्न थालेका जिल्ला लघु उद्यमी समूह संघ डिमेगा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो ।

वि स २०५९ सालदेखि आधुनिक मौरीपालन व्यवसायमा लागेका भट्टले आफूले मौरीपालनबाटै बार्षिक ७ लाखको हाराहारीमा आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । गाउँमा रहेका १४६ जना किसान मौरीपालन सहकारी संस्थामा आवद्ध भएको र किसानहरुले मौरीपालन व्यवसायबाटै आम्दानी गरिरहेका छन् उहाँले भन्नुभयो, “ जिल्लाका विभिन्न स्थानका नागरिक रोजगारीका लागि भारत गईरहेका बेला पिपलकोटका किसान भने गाउँमै आम्दानी गर्न सफल भएका छन् ।”

मौरीपालन व्यवसायमा लागेका किसानहरुलाई मौरीपालनका सामग्री सहज रुपमा पुर्याउन साझा सुृविधा केन्द्र समेत स्थापना गरिएको अध्यक्ष भट्टले बताउनुभयो । मौरीपालन व्यवसायबाट घरपरिवार चलाउन सजिलो भएको मौरीपालक किसान गंगादत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो“ मौरीपालन व्यवसायबाटै मान सम्मान र इज्जत पाइएको छ । ”

गाउँका अधिकांश नागरिक मौरीपालन व्यवासायमा आवद्ध भएको किसान इन्द्रसिंह बिष्टले जानकारी दिनुभयो । श्रीकेदारमा मौरीपालन व्यवसाय किसानहरुको गतिलो आम्दानीको श्रोत बनेको उहाँले बताउनुभयो । मौरीपालन व्यवसायबाटै घरपरिवार चलाउन सहज भएको उहाँको भनाई रहेको छ । सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले मौरीपालन व्यवसायको यहाँ प्रचुर सम्भावना रहेको छ ।
मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याएको हुन्छ । यही मौरीलाई व्यवसायिक रुपमा पालेर उहाँले वार्षिक लाखौं आम्दानी गरिरहेका छन् ।

एकान्त ठाँउ मन पराउने मौरीको चरनका लागी चिउरी तथा तोरी आवश्यक पर्ने भएकोले उहाँले तोरीबारी नजिकै मौरीका घारहरु राखेर व्यवशाय सञ्चालन गर्नुभएको छ ।

मौरीले बिरुवाको परागसेचनमा सहयोग पुर्याउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकहरूको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ ।

थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने भएपनि चरन क्षेत्र नहुँदा मौरीपालन व्यवसाय फस्टाउन नसकेको बेला गणेशले भने मनग्य आम्दानी गर्नुभएको छ । रासायनिक विषादीको प्रयोग बढ्नुजस्ता कारणले मौरीको चरन क्षेत्र खुम्चिँदै गएकोले केही समस्या रहेको उहाँको भनाई रहेको छ ।

मेहनतका साथ यसरी व्यवशाय गरिरहेका युवाका लागी सरकार तथा सम्वन्धित निकायले थप सहयोग गर्न सक्यो भने देशमा गरिबीको अन्त्य हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्