कारागारमा कैदीबन्दीले गरे आत्महत्या



नेपाल समाचारपत्र, भद्रपुर ।
लागू औषध मुद्दामा झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भारत दार्जेलिङ् घर भएका ३२ वर्षिय रविन्द्र साइबो मेचेले बुधबार साझ सौचालयको भेन्टीलेसनमा मुडा बन्ने डोरीको पासो लगाइ आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

०७३ चैत्र ४ गते पुर्पक्षको लागी कारागार चलान गरिएका राजवंशीले आत्महत्या गरेको झापाका एसपी विष्णु कुमार केसीले जनाए । बुधबार विहान केहिवेर घर परिवार सग कुराकानीमा सानै उमेरमा छोरी भागेको पारिवारीक विषयलाई लिएर आत्म हत्या गरेको हुनसक्ने कारागारका चौकीदार ऋतुवर्ण लिम्बुले जनाए । घट्नापछि शवलाई प्रहरीले लगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्