शृंखलाबद्ध बम आक्रमणमा संलग्न मारिए



अस्टिन, (एजेन्सी)
अमेरिकाको टेक्सासको अस्टिनमा भएका शृंखलाबद्ध भयानक पार्सल बम आक्रमणसँग सम्बन्धित एक आशंकित व्यक्ति प्रहरीको सुरक्षा कारबाहीमा ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।

टेक्सास राज्यको उत्तर भागमा रहेको राउन्ड रक शहरमा रहेको एक राजमार्गमा प्रहरी आफ्नो कारनजिक आइपुगेको चाल पाएपछि ती व्यक्ति स्वयंले विस्फोटक पदार्थ पड्काउँदा उनी मारिएको बताइएको छ।

संघीय जाँचबुझ ब्युरो एफबीआईले अहिले घटनास्थलमा अनुसन्धान गरिरहेको छ। यसअघि अस्टिनमा चारवटा र अस्टिनदेखि ६५ किमि दक्षिणमा रहेको स्केत्र्जमा एउटा बम आक्रमण भएको थियो।

मंगलबार रातिसम्म पनि अस्टिन प्रहरी विभाग दक्षिण अस्टिनको बोर्डी लेनस्थित फेडेक्स स्टोरबाट ती २३ वर्षीय मार्क एन्थोनी कोन्डिट नामक ती पुरुषको पहिचान खोज्दै गरेको फुटेज प्रसारण गरिरहेको थियो।

पछि ती आशंकितको अनलाइन ब्राउजिङ हिस्ट्रीबाट गुगल सर्च इन्जिन प्रयोग गरी सूचना संकलन गर्ने क्रममा उनको सवारी साधन पत्ता लागेको थियो। त्यसपछि सोमबार बिहानै अस्टिनदेखि करिब २० किमि टाढाको राउन्डस्थित एउटा होटेलको पार्किङमा उनको कार रहेको पत्ता लगाइएको थियो। प्रहरीले आफूलाई पछइउँदै आएको थाहा पाएपछि उनले बम विस्फोट गराउँदा १ प्रहरी अधिकारी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्