पिक प्वाइन्टको सम्मान



नेपाल समाचारपत्र
काठमाडौं
पिक प्वाइन्ट एकेडेमी र पिक प्वाइन्ट तेक्वान्दो डोजाङले तेक्वान्दो प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ। डोजाङको ग्रेडिङ समापनका अवसरमा तेक्वान्दो प्रशिक्षक मीन न्यौपाने, गणेश जिम्बा लामा, राजेन्द्र खत्री तथा निर्णायक मनोजकुमार शाह र सोनाम लामालाई एक कार्यक्रमबीच सम्मानित भए। कराते एकेएफ रेफ्री दिपक लामालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो। बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र पिक प्वाइन्ट एकेडेमीका सहायक प्रिन्सिपल विनय श्रेष्ठले उनीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरे।
ग्रेडिङमा डोजाङका २४ खेलाडीले सहभागिता जनाएको डोजाङ प्रमुख गणेश तामाङले जानकारी दिए। सहभागीमध्ये ७ लाई उत्कृष्ट घोषित गरी पदक प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्