कलाको उडान



कोरियोग्राफर, मोडल तथा आरजे कला सुब्बाले टक शो सञ्चालन गर्ने भएकी छिन्। उनले उडान शीर्षकको टक शोमा उनी विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वसँग रमाइलो अन्तरसंवाद गर्ने भएकी हुन्।
जीवन एक उडान नारा दिएइको टक शोको परिकल्पना तथा उत्पादन रुबुशा क्रियटिभ वक्र्सले गरेको हो। कार्यक्रमको निर्देशन कलाले नै गर्दै छिन्। ‘लामो समय रेडियोमा बोलेको अनुवभलाई डिजिटल पर्दामा ल्याउने जमर्को गरेकी हुँ।’ –एक दशकअघिकै टेलिभिजनमा भिजेमा अनुवभ सँगालिसकेकी कलाले भनिन्।

प्रतिक्रिया दिनुहोस्