सुन्धारामा भीषण आगलागी



काठमाडौं । काठमाडौं महानगरपालिका नजिकै रहेको सुन्धाराको गुलाब मिठाइ पसलमा आगलागी भएको छ।  साँझ उक्त रेष्टुरेण्टमा आगलागी भएको हो । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

प्रहरीका अनुसार ७/८ वटा दमकलकाे सहयाेगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगालागीको कारण खुल्न सकेको छैन। आगालागीमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।  आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन । अहिले सुन्धारामा ट्राफिक जाम छ ।

प्रतिक्रिया दिनुहोस्