२ सय ५० रुपैयाँ दिएर १५ बर्षीया किशोरीलाई एक साता लगातार बलात्कार



काठमाडौं । एक सातासम्म एक किशोरीलाई बन्धक बनाई बलात्कार गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । १५ बर्षीया किशोरीलाई पालैपालो सात दिनसम्म सामुहिक बलात्कार गर्ने बसका चालकसहित अन्य व्याक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा ४ ख ३८५१ नम्बरको बसमा चढेकी उनीमाथि चालक तथा सहचालकले बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्नहरु पक्राउ परेका छन्।

ती किशोरीलाई शुरुमा चालक सन्तोष घिमिरे र दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगे । विभिन्न वाहाना, आश्वासन र धम्की देखाई तीलीलाई बलात्कार गरेका थिए।

भोलिपल्टबाट घिमिरेको हरिसिद्धीस्थित कोठामा लगेर बन्धक बनाइयो र त्यहाँ पनि ६ दिनसम्म बलात्कार गरियो । फागुन २७ गते स्वयम्भू घुमाएर नजिकैको ग्यारेजमा लगेर उनीमाथि पुनः बलात्कार गरिएको थियो।

यता, छोरी हराएपछि आमा निवेदन लिएर प्रहरीकहाँ पुग्नुभयो । उहाँले एक सातासम्म अत्तोपत्तो नलागेपछि छोरीको फोटोसहित पम्प्लेट बनाएर प्रचारप्रसार समेत गर्नुभयो। २८ गते मात्र स्वयम्भूमा छोरी भेटिएको उहाँले खबर पाउनुभयो । छोरी त भेटिईन् तर नाजुक अवस्थामा ।

कतिबेला कराउने, डराएजस्तो गर्ने, भाग्न खोज्ने अवस्थामा छोरीलाई पाएपछि उहाँले प्रहरीलाई जानकारी गराएपछि घटनाबारे थप खुलेको हो। बलात्कारमा संलग्न घिमिरे र गड्तौलासहित उनीहरुका साथी सुदिप बजगाई, भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताउनुभयो ।

प्रहरीका अनुसार बलात्कारपछि अभियुक्तहरुले किशोरीलाई गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिई स्वयम्भूमा ल्याई छाडिदिएका थिए।

प्रतिक्रिया दिनुहोस्