जुवा खेल्ने सात जना एक लाख नगदसहित पक्राउ



शिवहरीप्रसाद भट्टराई, राजविराज ।

सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा जुवा खेल्ने र खेलाउने गरी ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ का रमेश चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको साथवाट २५ थान कौडा, ३ बुक तास र १ लाख २४ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए।

आवश्यक प्रक्रिया र थप अनुसन्धान गरी पक्राउ परेका विरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा दर्ता गरिने चौहानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्