प्रहरी जवानसँगै बसेर गृहमन्त्रीले खाना खाएपछि



नेपाल समाचारपत्र, काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापाले बुधबार प्रहरीको मेसमा बसेर जवानहरुसँग खाना खाएका छन्। बिहान १० बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्रीले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गरेका थिए ।
सबै निरीक्षण सकेपछि उनले प्रहरी मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागेका थिए । त्यहाँ खानाखाईरका प्रहरीहरु हतारहतार उठ्न खोज्दै थिए। त्यसपछि उनले बसेर खाइरहन आग्रह गर्दै हामीलाई पनि पुग्छ भन्दै प्रश्न गरे ।

उनको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वाँस मानेनन् । त्यसपछि खाना ल्याउने आदेश दिँदै उनले प्रहरीको ठाउँमा बसेर खाना दान थाले । उनको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रहरी जवानले साथमै बसेर खाना खाएका हुन ।

गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए । दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकार नभएरै खानामा मासु पाकेको थियो ।

त्यस लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गरे । सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता हटाउन आँफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्