सातै प्रदेशका मुख्यमन्त्री काठमाडौँमा,प्रधानमन्त्री ओलीसँग विशेष छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् । ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग बुधबार बिशेष खलफल गर्ने बताइएको छ ।

प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनमा समस्या भएको थुप्रै गुनासाहरु आउन थालेपछि प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने तयारी गरेका हुन् ।

प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारीहरुसँग आज ११ बजे छलफलका लागि कार्यक्रम तय गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग सामूहिकरुपमा प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्था, बनाउनुपर्ने कानूनलगायत विषयमा छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्