बिकिनी एयरलाइन्सले भारतमा सेवा दिने



नयाँदिल्ली, (एजेन्सी)

भियतनाममा ‘विकिनी एयरलाइन्स’को नामबाट चर्चित कम बजेटको एयरलाइन्स कम्पनी भियतजेटले छिट्टै भारतमा आफ्नो उडान व्यवसाय शुरू गर्ने भएको छ। उक्त एयरलाइन्सले चाँडै नै नयाँदिल्लीबाट होची मिन्ह सिटीका लागि सीधा उडान शुरू गर्ने भएको छ। यो एयरलाइन्सको सबैभन्दा ठूलो विशेषता भनेको यसमा रहने सबै एयर होस्टेज बिकिनीमा हुने गरेका छन्।

जुलाई–अगस्टसम्ममा भारतमा सेवा दिने अनुमान गरिएको यस एयरलाइन्सले हप्तामा ४ वटा उडान भर्नेछ। भियटजेटमा एयर होस्टेजको बिकिनी पहिरनका कारण कयौंपटक विवाद भइसकेको छ। ती सबैका बाबजुद भियतजेट एयरका सीईओ फुओङ थाओले यसलाई एयरलाइन्सको विशेष पहिचान बनाएका छन्।

एयरलाइन्सको सफलता कै नतिजाले यसका सीईओ थाओ भियतनामकी पहिलो महिला अर्बपति बनेकी छिन्। यद्यपि भारत उडानमा यसले कस्तो प्रतिक्रिया पाउँछ र त्यहाँ पनि एयर होस्टेजहरू बिकिनीमै देखिन्छन्, यो हेर्न बाँकी नै छ। तर अहिले नै सामाजिक सन्जालमा यसलाई लिएर भारतमा व्यापक चर्चा परिचर्चा हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्