सैनिक अभ्यास



सोल, (एजेन्सी)
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैनिक अभ्यास १ अप्रिलदेखि शुरू हुने दुवै राष्ट्रले मंगलवार घोषणा गरेका छन्। उक्त सैनिक अभ्यासको अवधिलाई कटौती नगरिने र उत्तर कोरियाले यसलाई आफूसँग निहुँ खोजेको ठान्न नहुने दुवै राष्ट्रले बताएका छन्। मार्चमै शुरू हनुपर्ने यो अभ्यास दक्षिण कोरियाको हिउँदे ओलम्पिक्सको कारण स्थगित भएको थियो। यसैबीच अर्को सद्भावको संकेत दिँदै दक्षिण कोरियाले यसै महिनाको उत्तरार्धमा आफ्ना पप स्टारलगायत अन्य कलाकारहरुको टोली उत्तर कोरियामा पठाउन लागेको छ।

प्रतिक्रिया दिनुहोस्