मुख्य सचेतकमा खाँण



नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा बालकृष्ण खाँणलाई मनोनयन गर्नुभएको छ। सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएअनुसार प्रतिनिधिसभा सदस्य खाँणलाई मुख्य सचेतकमा मंगलबार मनोनित गरिएको हो।

कांग्रेस संसदीय दलको विधानमा मुख्य सचेतकलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ। महत्त्वपूर्ण पद भएकाले नै सभापति एवं ससदीय दलका नेता देउवाले आपूmनिकटका सदस्य खाँणलाई यो जिम्मेवारी दिनुभएको हो। कांग्रेसभित्र मुख्य सचेतकमा गगन थापालाई मनोनित गर्नुपर्ने दबाब आएको भए पनि सभापति देउवाले कृष्णप्रसाद सिटौला गुटका थापालाई मुख्य सचेतकको जिम्मेवारी दिन अनिच्छा प्रकट गर्नुभएको स्रोतले जानकारी दिएको छ।

मुख्य सचेतककै सिफारिसमा संसदीय दलको नेताले प्रतिनिधिसभा र राष्ट्रियसभामा सचेतकको मनोनित गर्ने व्यवस्था छ। प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन मुख्य सचेतकको ठूलो जिम्मेवारी रहने छ। संसदीय दलको विधानअनुसार संसद्मा प्रस्तुत हुने नीति, कार्यक्रम तथा विधेयकहरू बारे कार्यसमितिको निर्णय संसदीय दलका सदस्यहरूलाई उपलब्ध गराउने र सदस्यद्वारा पेश गरिने ध्यानाकर्षण, सार्वजनिक महत्त्वको प्रस्ताव, संकल्प आदि प्रस्ताव पेश गर्न अनुमति दिने काम मुख्य सचेतकको रहनेछ।

प्रतिक्रिया दिनुहोस्