पाइलटद्वारा आत्महत्या



किभ, (एजेन्सी)
रसियाले सन् २०१४ मा मलेसियाली एयरलायन्सको कल साइन एमएच–१७ बोकेको विमान खसाएको आरोप लगाइएका युक्रेनी पाइलटले आफैमाथि पिस्तोल प्रहार गरी आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै युक्रेनी सञ्चारमाध्यमले जनाएको छ। तर ती पाइलट क्यापटेन भ्लादिस्लाभ भोलोसिनले रुसी दाबी झुठो भएको भनी भत्र्सना गरेका थिए। त्यसैगरी डच अनुसन्धानकर्ताहरूले सो विमान रुसी बुक क्षेप्यास्त्र प्रहारबाट ध्वस्त भएको निक्र्योल गरेका थिए। सो बोइङ ७७७ जेट विमान दुर्घटनामा २ सय ९८ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्