एभरेष्ट बैंक विराटनगर शाखाको भवन उद्घाटन



काठमाडौं, (नेस)
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले एभरेष्ट बैंकको विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गर्नु भएको छ। विराटनगरमा भएको उक्त कार्यक्रममा प्रदेश नम्बर १ का गृह तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थिति थियो।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्