उपराष्ट्रपति पुनद्वारा शपथ र पदभार ग्रहण



नेपाल समाचारपत्र
काठमाडौं
दोस्रोपटक निर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार शपथ र पदभार ग्रहण गर्नुभयो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पद सम्हाल्नुभएको हो।

पदभार ग्रहण गर्दै उपराष्ट्रपति पुनले भन्नुभयो– ‘सात दशक लामो नेपाली जनताको राजनीतिक संघर्षले निष्कर्ष हासिल गरेको छ, राजनीतिक स्थायित्व शुरू भएको छ, अब समृद्धितर्फ लाग्नुपर्छ।’

आफू संविधानको संरक्षण तथा पालना, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकताको सुदृढीकरणका लागि समर्पित भएर लाग्ने उहाँको भनाइ थियो। पुन आइतबार सो पदमा निर्विरोध निर्र्वािचत हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्