द भ्वाइस नेपाली संस्करणमा आउने



गायन रियालिलिटी शोका रूपमा द भ्वाइसको नेपाली फ्रेन्चाइज द भ्वाइस अफ नेपाल हुने भएको छ। आइतबार राजधानीको पाँचतारे होटलमा एक कार्यक्रम आयोजना गर्दै यसको जानकारी गराइएको हो।

असारबाट प्रशारणमा आउने रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दै छन्। सुशील नेपालले होस्ट गर्ने उशोको निर्णायकका रूपमा लोकप्रिय गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा रहनेछन्।

आयोजकका अनुसार द भ्वाइस अफ नेपालको विजेतालाई भ्वाइस अफ नेसन घोषणा गरिनेछ भने विजेताले २५ लाख नगद, कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन्।

आयोजकको भनाइअनुसार इतिहासमा नै पहिलोपटक उक्त नेपाली शो अन्तर्राष्ट्रिय प्लेटफर्ममा समेत जानेछ।

प्रतिक्रिया दिनुहोस्