पश्चिमका मुद्दा पुर्वमा पठाइयो



धनवीर दाहाल, रुकुम । रुकुम (पुर्व)को क्षेत्राधिकार भित्र पर्ने चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरु त्यहाँको जिल्ला
अदालतलाई हस्तान्तरण गरिएको छ ।

सिंगो जिल्ला हुँदा जिल्ला अदालत रुकुममा
दर्ता भएका ३६ थान मुद्दा जिल्ला अदालत रुकुम (पुर्व) हस्तान्तरण गरिएको हो ।
फैसला कार्यान्वनको लागी दर्ताभएका मध्य ६, देवानी २२ र फौजदारी ८ गरी ३६ थान मुद्दा हस्तान्तरण गरिएको जिल्ला अदालत रुकुम (पश्चिम) का श्रेस्तेदार तेजप्रसाद पौडलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार उक्त मुद्दाहरु अनुसधान्कै क्रममा भएकाले अब रुकुम (पुर्व) वाट नै
बाँकी काम कार्वाही हुने छन् ।

मुलुक संघीय संरचनामा जाँदा जिल्ला जिल्ला दुई भागमा विभाजन
भएकोले हाल रुकुम (पुर्व) मा जिल्ला अदालत स्थापना भई सकेकाले पनि मुद्दाहरु
हस्तान्तरण गरिएको बताइएको छ ।

यसै गरी रुकुम पश्चिममा रहेको जिल्ला अदालतमा उच्च अदालत सुर्खेतका मुख्य न्यायधिस हरिकुमार पोख्रेल र रजिष्टार जितेन्द्रबाबु थपलियाले पहिलो पटक रुकुम पश्चिम पुगेर जिल्ला अदालत र कारागार निरिक्षण गरी आबश्यक निर्देशन समेत दिनुभएको श्रेष्तेदार पौडलले बताउनुभयो ।

रुकुम पुर्वको जिल्ला अदालत उच्च अदालत तुल्सीपुर र रुकुम पश्चिमको जिल्ला अदालत उच्च अदालत सुर्खेत अन्र्तगत रहने छन् ।

प्रतिक्रिया दिनुहोस्