बलेवामा सफल परिक्षण उडान, २६ वर्षपछि नियमीत उडान हुने



सिर्जना पन्त, बागलुङ ।

२६ वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थल अब पुन संचालनमा आउँनेभएको छ । सोमबार बिहान ११ बजे पोखराबाट उडेको तारा एअरको १८ सिट क्षमताको ९ एन एकेएल बिमान ८ मिनेटमा बलेवा बिमान स्थलमा अवतरण भएको थियो । तारा एअर संगै चैत १५ गतेबाट नेपाल एयर पनि सञ्चालनमा आउने बताइएको छ ।

प्रत्येक हप्ताको आईतबार तारा एयर र बिहिबार नेपाल एयरलायन्सले उडान गर्ने गरी सम्झौता भएको बताइन्छ ।

पोखराबााट नागरिक उड्यान प्राधिकरणका कर्मचारी सहित पाईलट प्रभाकर प्रसाद घिमीरे, सन्तोष शाह र संजीप श्रेष्ठ बलेवा विमानस्थलमा अवतरण गरेका हुन । १८ सिट क्षमता रहेको तारा एरलाईन्सको ९ एन एकेएल जहाज १० जना यात्रुसहित बलेवा विमानस्थलमा अवतरण गर्दा स्थानियहरुले फुल माला र खादाले स्वागत गरेका थिए ।

पाईलट प्रभाकर प्रसाद घिमीरेले काठमाडौं देखि बलेवा विमानस्थलमा आइपुग्न ४५ मिनेट समय लाग्ने भन्दैं तत्काल उडान भर्नको लागि विमानस्थलमा कुनै समस्या नरहेको समेत बताउँनुभयो ।

२०१८ सालमा निर्माण भएपछि नियमित संचालन भएको बिमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि बन्द भएको थियो । यसविचमा पनि पटक पटक सञ्चालनको पहल र प्रयास भए पनि सफल हुन सकेको थिएन । यद्यपी बागलुङ नगरपालिकाको बिशेष पहलमा यात्रु अभाव हुँदाको खर्च बेहोर्ने सुनिश्चितता सहितको निर्णय गरी विमानस्थल सञ्चालन भएको छ । जसको लागि तत्काल नगरपालीकाले ४० लाख बजेट समेत विनियोजन गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो ।

विमान स्थलमा २६ वर्ष पछि प्लेन आउदा स्थानीयहरु खुसी भएका छन् । विमान सञ्चालन आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ लाभान्वीत हुनेछन् भने कालीगण्डकी करिडोरको प्रयोग गर्दै गुल्मी जिल्लाले समेत सेवा लिन मिल्ने बताईएको छ ।

विमानस्थल सञ्चालनमा आउनु सुखद् पक्ष भएपनि विमानस्थल देखि सदरमुकाम सम्मको कच्ची सडकले सेवाग्राहीहरुलाई समस्या पर्न सक्ने स्थानियको भनाई छ । जिल्ला ‘सदरमुकाम जोड्नो ११ किलोमिटर बाटो पक्की भने छैन, स्थानिय ईश्वरी कुमारी श्रेष्ठले भन्नुभयो छिट्टै सडक कालोपत्रे गर्न नसक्नेहो भने विमानस्थल लामो समय सञ्चालन गर्न सकिदैंन ।

चैत ९ गतेदेखि हप्ताको दुई पटक तारा एरलाईन्स र नेपाल एरलाईन्सले नियमीत उडान भर्नेछन् । तत्कालको लागि काठमाडौं देखि बलेवा सम्मक न्युनतम ५ हजार देखि ६५ सय सम्म हुनसक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्