जिल्ला अस्पतालको रुकुमको स्तरोन्नती हुँदै



धनवीर दाहाल, रुकुम

रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेको स्तरोन्नती गरिने भएको छ । १५ सैया रहेको जिल्ला अस्पताल ५० सैयामा स्तरोन्नती गर्न लागिएको हो । मन्त्री परिषद्को निर्णयले जिल्ला अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिए । अस्पताल बृद्धि भएसंगै यहाँको सुविधामा समेत बृद्धि हुने अध्यक्ष आचार्यले जनाए । यस भन्दा पहिला पनि बनाउन प्रयोस गरिएपनि हाल पुर्णता पाएको उनको भनाई छ ।

हाल यहाँ नौं तहका डाक्टरले सेवा दिइ रहेका छन् भने अब ११ औं तहका डाक्टरले सेवा प्रदान गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अस्पतालको बृद्धि भएसंगै यहाँका स्थानीयहरु पनि खुशी भएका छन् ।

विरामी धेरै आउने भएपनि सैया अभावका कारण यहाँ आउने विरामीहरुलाई भर्ना गर्न सकिएको थिएन् । जटिल खालका विरामी मात्र भर्ना गर्ने व्यवस्था थियो । यसै गरी रुकुम पुर्वमा पनि ५० सैयाको जिल्ला अस्पताल स्थापना हुने भएको छ ।

अघिल्लो सरकारले रुकुम पश्चिममा रहेको १५ सैयाको अस्पताललाई ५० सैया बनाउने र रुकुम पुर्वमा पनि ५० सैयाको अस्पताल स्थापना गर्न आवश्यक प्रक्रियाका लागी सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्