आफ्ना नागरिकको शव लैजाँदै बंगलादेश



नेपाल समाचारपत्र, काठमाडौँ । यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार काठमाडौंबाट ढाका लगिँदै छ ।

शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशका केहि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । जम्मा जम्मी २३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा लगिने र र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने भएको छ ।

त्यसपछि त्यहाँ प्रधानमन्त्रीको उपस्थिति हुने कार्यक्रम रहेको बंग्लादेशको अनलाईन पत्रीका द डेली स्टारले उल्लेख गरेको छ । श्रद्धान्जली समारोहपछि शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्