एन्ड्रिया बनिन् विश्वकै उत्कृष्ट शिक्षक, नेपालका विनोद उत्कृष्ट ४० मा



नेपाल समाचारपत्र, काठमाडौँ ।
दुबईमा आयोजित भार्की फाउन्डेसन ग्लोबल टिचर प्राइज विषेश कार्यक्रममा लन्डनकी एक महिला विश्वकै उत्कृष्ट शिक्षक घोषित भएकी छन् ।लन्डनको अल्पर्टोन सामुदायिक स्कुलमा आर्ट्स र टेक्सटाइल्स पढाउने एन्ड्रिया जाफिराकोउ उत्कृष्ट घोषित भएकी हुन्। उनले १० लाख अमेरिकी डलर पुरस्कार पाएकी छन् ।

विश्वका उत्कृष्ट शिक्षकहरुको सूचीमा नेपालका विनोद शाही पनि परेका छन् । माथिल्लो डोल्पास्थित श्री यांगर गुम्बा प्राथमिक विद्यालयका शिक्षक शाही उत्कृष्ट ४० मा पर्न सफल बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्