युनाइटेड र टोटनह्याम अन्तिम चारमा



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगका दुई क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम हट्सपर एफए कपको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार भएको क्वाटरफाइनलमा युनाइटेडले ब्राइटनलाई २–० ले हराउँदै अन्तिम चारको यात्रा गरेको हो। युनाइटेले खेलको ३७औं मिनेटमा रोमेलु लुकाकुको गोलमार्फत् शुरुआती अग्रता लिएको थियो। यसै गरी नेमन्जा माटिचले खेलको ८३औं मिनेटमा गोल गरेपछि युनाइटेडले २–० को जित सुनिश्चित गर्यो।

यस्तै अर्को क्वाटरफाइनलमा टोटनह्यामले पनि स्वान्सी सिटीलाई ३–० ले हरायो। टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले दुई गोलको योगदान गरेका थिए। उनले खेलको ११औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई शुरुआती अग्रता दिलाएका थिए। यस्तै पहिलो हाफको इन्ज्युरी मिनेटमा एरिक लामेलाले एक गोल गरेपछि टोटनह्यामको अग्रता दोब्बर बनेको थियो। यसै गरी खेलको ६२औं मिनेटमा एरिक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको गोल संख्या तीन पुर्याए।

प्रतिक्रिया दिनुहोस्