निक्षेप संकलन गर्न बैंकहरू सहकारी धाउँदै



काठमाडौं । लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरू निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् ।

ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् ।

बैंकमा प्रशस्त लागनीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्